कैलाली हत्या प्रकरण : असईसँगै गस्तिमा गएका जवानको शव ६० घण्टापछि भेटियो

कात्तिक, ४ काठमाडौं । सिमामा गस्तिमा असईसँगै गएका जवानकोे पनि शव भेटिएको छ । कैलालीको धनगढी–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज असई गोविन्द विकसँगै गस्तीमा गएका प्रहरी जवानको पनि शव फेला परेको हाे ।

जवान रामबहादुर साउँदको शव ६० घण्टापछि भेटिएको हो । उनीसँगै ड्यूटीमा रहेका असई गोविन्द विकको आइतवार शव भेटिएको थियो ।

गत शनिवार राति दुवै जना ड्यूटीमा उनीहरु रहेका एकाएक सम्पर्क बिहिन भएका थिए । खोज तलासको क्रममा विकको शव आइतवार कैलालीको मोहना नदीमा फेला परेको थियो । उनको शव पनि मोहना नदीमै फेला परेको प्रहरीले जनाएको छ ।

एकाएक सम्पर्कविहिन भएका उनीहरुलाई आपराधिक समूहले हत्या गरी फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी प्रहरीको रहेको छ ।

आइतवार नै प्रहरीले ११ जनालाई हत्या आशंकामा पक्राउ गरीअनुसन्धान थालेको छ ।