काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।
मंगलबार जारी विज्ञप्तिअनुसार महाधिवेशनको उद्घाटन समारोह १८ असोजमा दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ।
समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा १९ र २० असोजमा बन्द सत्र तथा अन्य कार्यक्रम सञ्चालन हुने उल्लेख छ।
त्यसैगरी २१ र २२ असोजमा निर्वाचन कार्यक्रम तय गरिएको छ। निर्वाचनसँग सम्बन्धित विस्तृत कार्यक्रम र अन्य कार्यतालिका भने पछि सार्वजनिक गरिने समितिले जनाएको छ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि छनोटका लागि १५ असोजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिहरूको नामावली पठाइसक्न निर्देशन दिएको छ।
महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन १६ र १७ असोजमा हुने कार्यतालिकामा उल्लेख छ।
१५औँ महाधिवेशनको कार्यतालिका :
३–४ असोज : गाउँ–नगर वडा अधिवेशन
७ असोज : गाउँपालिका/नगरपालिका अधिवेशन
१० असोज : प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन
१६–१९ असोज : नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन
१० असोज भित्र : बाँकी जनसम्पर्क समितिका देशहरूको अधिवेशन सम्पन्न






