कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय करिब ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

गौरीगंगा–६ चरीडाँडाका चौधरी शुक्रबार बिहान च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।