बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबार बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।