घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ६० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ थियो ।