सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ नै थियो। महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको हो।

महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको छ।