ऋणपत्र जारी गर्ने तयारीमा सेञ्चुरी बैंक

कात्तिक ५, काठमाडौं ।
सेञ्चुरी कर्मसियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘सेञ्चुरी बैंक ९५ सेञ्चुरी ऋणपत्र २०८५’ जारी गर्नको लागि अनुमति लिन धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँको दरले २ अर्ब २० करोड रुपैयाँको २२ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । २२ लाख कित्तामा ८ लाख ८० हजार कित्ता सर्वसाधारण र १३ लाख २० हजार कित्ता सेयर बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ ।

ऋणपत्र १० वर्षको लागि जारी हुन लागेको हो । यसको वार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ ।

बैंकको ऋणपत्रको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र जारी गर्ने जनाएको छ ।