सर्वोच्च अदालतका लागि उच्च अदालतका ४ न्यायाधीश सिफारिस

काठमाडौँ – न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ ।

न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो ।

परिषद्को सिफारिसपछि अब उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।