कात्तिक, ५ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविस्वासको प्रस्ताव ल्याएपछि नेकपामा विवाद छ ।
सोहि विषयमा प्रचण्डनिवास खुमलटारमा भएको भेटवार्तामा कर्णाली प्रदेशको विवाद गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
विवाद समाधानका विषयमा हिजो प्रचण्ड र नेकपाका अर्का अध्यक्ष केपी ओलीबीच पनि छलफल भएको थियो ।
त्यस्तै ओली र नेपालबीच पनि हिजै दुई घन्टा छलफल भएको थियो ।







