धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

काठमाडौं । धादिङको गलौँदीमा सडक भासिँदा पृथ्वीराजमार्गको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडक भासिएपछि दुवैतर्फको यातायात ठप्प भएको हो।

उनका अनुसार सडकको बीच भागमा चिरा परेको छ भने सडक भासिने क्रमसमेत जारी छ।

सडक थप भासिने जोखिम रहेकाले यातायात सञ्चालनमा समस्या भएको छ।