सरकारले एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता बाेलायाे

​काठमाडौं । नेकपा एमालेको मुख्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गृह मन्त्रालयले गत असोज २३ गते भीभीआईपी तथा भीआईपीको सुरक्षामा तोकिएको मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएको भए सात दिनभित्र सम्बन्धित दरबन्दीमा फिर्ता पठाउन निर्देशन दिएको थियो ।

मन्त्रालयको सोही निर्देशनअनुसार सोमबार (असोज २६) ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा खटिएको सशस्त्र प्रहरीको टोली फिर्ता भएको हो ।

यसअघि एमाले पार्टी कार्यालयको सुरक्षाका लागि पाँच जना सशस्त्र प्रहरी चौबिसै घण्टा खटिँदै आएका थिए ।

1791792709-KXCRh-1791793062.jpg​

​