उपत्यकामा थप ३१०७ जनामा कोरोना पुष्टि

कात्तिक, ५काठमाडौं। पछिल्लो विवरण अनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा आज ३१०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३९१, भक्तपुरका १७३ र ललितपुरका ५४३ जना रहेका छन्।