थप २९९६ जनाले जिते कोरोना

कात्तिक, ५ काठमाडौं। पछिल्लो विवरण अनुसार नेपालमा थप २९९६ जना कोरोना जितेर घर फर्किएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ९९ हजार ४७६ पुगेको छ।

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।