काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले दुवै अध्यादेश जारी भएको जानकारी दिएका छन् ।






