सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला तीन हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर तीन हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।