सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर तीन हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ४३ हजार ५५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम तीन हजार ३६९ रुपैयाँ कायम भएको छ ।