काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजबाट ११६ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.३ ओभरमा ११५ रनमै अलआउट भएको हो।
काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। त्यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमान्डुको ब्याटिङ ध्वस्त पार्ने क्रममा जनकपुरका राहुल यादवले सर्वाधिक चार विकेट लिए। सैफ हसनले दुई विकेट लिँदा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट हात पारे।






