प्रधानमन्त्री र ‘रअ’का प्रमुखबीच शिष्टाचार भेट

कात्तिक, ६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य थापाले बिहीबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्न गोयल बुधबार बेलुका बालूवाटार आएको बताएका छन् ।

भेटमा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको जनाएका छन् ।

‘थापाका अनुसार भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गायल आएका थिए ।

भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेका थिए ।