चितवनविरुद्ध सुदूरपश्चिमको पहिले बलिङ गर्ने निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

टस जित्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

चितवन राइनोजको कप्तानी आज जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले गर्दैछन् । अफगानिस्तानविरुद्धको सिरिज खेलेर उनी हालै नेपाल आइपुगेका हुन् ।

यसअघि चितवनको कप्तानी रवि बोपाराले गर्दै आएका थिए ।