मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।