कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बुधबार पार्टी पदाधिकारीहरूको बैठक बोलाएको छ ।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको लगायत पछिल्ला समसामयिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न बैठक बोलाइएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेतासमेत सहभागी हुनेछन् ।

‘पछिल्ला समसामयिक घटनाका विषयमा छलफल गर्न शीर्ष तहका पदाधिकारीहरूको बैठक बोलाइएको हो,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने ।

बैठकले सरकारका पछिल्ला निर्णय र राजनीतिक घटनाक्रमबारे कांग्रेसको आधिकारिक धारणा तय गर्ने अपेक्षा गरिएको छ।