काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि तथा शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्।
मन्त्रालयले डा. केसीले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न सरकार संवेदनशील रहेको जनाएको छ।
साथै, मन्त्रालयले अनशनरत पक्षलाई वार्ता र संवादका माध्यमबाटै माग सम्बोधनको पहल गर्न आह्वान गरेको छ।







