काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको आर्थिक सहकार्य र आपसी हितका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा दुई देशबीच आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा कुराकानी भएको थियो ।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो ।






