२४ जेठ, काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको छ । गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालका अनुसार प्युटारको लगभग ९०० रोपनी तथा माल्टा र आश्राङका पाँच–पाँच सय रोपनी जमिनका मकैबालीमा किराले क्षति पु¥याएको छ। गाउँपालिकाको बजेटमार्फत लगभग रु दुई लाखको विषादी र स्प्रे खरिद गरी किसानलाई निःशुल्क वितरण गरिसकेको जानकारी पनी उनले दिए ।
विगतमा खोटाङ, उदयपुर हुँदै फैलिएको यो किरा हाल मुलुकका धेरै जिल्लामा देखिएको उनले बताए।







