काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै ब्रिफिङ लिएका छन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र शान्ति–सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् ।
उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन जोड दिएका छन् ।
त्यसैगरी, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।






