घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १०ः१५ बजे पहिरो खस्दा राजमार्गको दुवैतर्फको आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

पहिरोका कारण सवारीसाधन आवतजावत गर्न नसक्दा राजमार्गमा यात्रु तथा सवारीसाधन रोकिएका छन् ।

सडक खुलाउनका लागि उपकरण परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको र करिब आधा घण्टाभित्र राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।