सुनचाँदीको मूल्य आज पनि स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार कायम भएको मूल्यमा कुनै परिवर्तन नभई आज पनि सुनचाँदीको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८१० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज दुवै धातुको मूल्य यथावत् रहेको महासङ्घले जनाएको छ ।