तिहारपछि सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १५५ रुपैयाँले घटेको छ । सोमबार ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।