चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
कैलालीको धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लोकाहा क्षेत्रमा अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण र घटनाको विस्तृत विवरण खुल्न बाँकी छ ।





