काठमाडौँ । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे आज नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि उनी दिल्ली जान लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पाण्डे आजै नयाँ दिल्ली पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि आवश्यक कूटनीतिक तथा प्रशासनिक तयारी अघि बढाउनेछन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मङ्सिर ६ गते भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उठाइने द्विपक्षीय एजेन्डालाई अन्तिम रूप दिन नेपाल र भारत दुवै पक्षले आवश्यक तयारी गरिरहेका छन्।
पाण्डे सोमबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए।






