कात्तिक १४, बुटवल ।
जिल्लामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुष छन् ।
उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका भइरहेको थियो । सोही क्रममा शुक्रबार बिहान ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती व्यक्ति उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी थिए ।







