काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई गंगाजलसहितको घडा उपहार दिएका छन् ।
सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई उक्त उपहार प्रदान गरेका हुन् ।
भेटका क्रममा दुवै प्रधानमन्त्रीले एकअर्कालाई उपहारसमेत आदानप्रदान गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री शाहले मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्राम समावेश गरिएको विशेष सेट उपहार दिएका थिए ।





