पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । राइजिङ स्टार्स एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्सले नेपालविरुद्ध टस जितेको छ।

कतारमा जारी प्रतियोगितामा पाकिस्तानका कप्तान अब्दुल समदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। यससँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो खेलमा पहिले बलिङ गर्ने भएको छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो।

सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई पाकिस्तानविरुद्धको खेल जित्नैपर्ने दबाब छ। त्यसैले नेपालको सेमिफाइनल यात्रा तय गर्न यो खेल निर्णायक बनेको छ।