१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

सुर्खेत । कर्णाली प्रदेशमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान सम्पन्न दुई खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

फुल कोर्ट (५×५) विधाअन्तर्गत पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को स्कोरले पराजित गरेको हो ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि फराकिलो जित निकालेको छ । सुदूरपश्चिमले मधेशलाई ४७–३ को अन्तरले पराजित गरेको हो ।

यसैबीच, महिला बास्केटबलतर्फ दिउँसो ३×३ विधाका खेल सञ्चालन हुने कार्यक्रम रहेको छ ।