सुन तोलामा ३ हजार ३०० र चाँदी १२० रुपैयाँले बढ्यो

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १२० रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ रहेको थियो।

बुधबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको हो।