कात्तिक १५, सल्यान ।
जिल्लाको सल्लीबजारबाट कुशे गाउँपालिका–६ जाँदै गरेको भे१त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका–१० धारामा भएको दुर्घटनामा कुशे–६ का २४ वर्षका रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर शनिबार बिहान दुर्घटनामा परेको थियो ।
जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ । (रासस)







