कात्तिक, १५ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २५०८ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २२६४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ ।







