थपिए २८२४ जना कोरोना संक्रमित, २२६४ जना निको भए

संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगे

कात्तिक, १६ काठमाडौं । पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २६४ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । यो कुल संक्रमितको ७६।७ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ ।

त्यस्तै आजको पीसीआर परीक्षण जम्मा ९ हजार २७९ भएको छ ।