कोरोना : विश्वरभर ४ करोड ६८ लाख बढी संक्रमित, १२ लाख ५ हजार बढीको मृत्यु

कात्तिक, १७ काठमाडौं । पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमितको कुल संख्या ४ करोड ६८ लाख ४ सय २३ पुगेको छ ।

संक्रमितमध्ये १२ लाख पाँच हजार सात सय ४४ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख नाघेको छ ।

सोमबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख ४२ हजार सात सय ३१ पुगेको हो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ ।

संक्रमितमध्ये ६० लाख ९७ हजारभन्दा बढी निको भएका छन् ।

त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार चार सय ७१ पुगेको छ ।