कात्तिक, १७ काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदुत युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदुत लोकर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत निर्मल कुमार विश्वकर्माको संसदीय सुनुवाइ आगामी २७ गते हुने भएको छ।
समितिको सोमबार बसेको बैठकले उजुरीकर्ताहरुसँग छलफल गर्ने भनेपनि समिति बैठकमा उजुरीकर्ताहरु उपस्थित भएनन्।
प्रस्तावित राजदुतहरु विरूद्ध समितिमा चार वटा उजुरी परेका छन्। कात्तिक २ सम्मका लागि उजुरीको समय दिइएकोमा ४ उजुरी परेका थियो।
एउटा उजुरी समय भन्दा ढिलो गरि आएको समितिले जनाएको छ ।
तर, समितिले उजुरीकर्तालाइ छलफलका लागि बोलाउँदा पनि उनीहरु आएका छैनन्।
मन्त्रिपरिषद्को गत असोज १५ गते बसेको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत नियुक्तिमा सिफारिस गरेको थियो ।







