कात्तिक, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार विश्वमा एकै दिन ४ लाख ४३ हजार ४सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
वल्डोमिटर्सका अनुसार अनुसार मंगलबार बिहान ६ बजे अगाडीसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ लाख ४३ हजार ४ सय ३५ पुगेको हो । उक्त संख्या संगै विश्वभर संक्रमितको संख्या ४ करोड ७२ लाख ८४ हजार २ सय ३१ पुगेको छ ।
त्यस्तै विश्वमा एकैदिन ५ हजार ६२ जना संक्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १२ लाख १० हजार ३ सय ८७ पुगेको छ ।
त्यसैगरी विश्वमा ३ करोड ३९ लाख ८२ हजार १ सय ८४ जना संक्रमित उपचारपछि निको भएका छन् ।







