कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, आज थप २० जनाको मृत्यु

कात्तिक, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

त्यस्तै, मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।