भरतपुर अस्पतालमा संक्रमितको मृत्यु

कात्तिक २०, चितवन ।
जिल्लाको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्युु भएको छ ।

मृत्यु हुनेमा ८२ वर्षीय वृद्ध छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ घर भएका ती वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।