कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुग्यो, अहिलेसम्म १ लाख ४८ हजार ४०८ जना निको भए

आज ३०५१ जना संक्रमित थपिए, ३४३० जना निको भए

कात्तिक, २० काठमाडौं । बितेका २४ घण्टाको विवरण अनुसार नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४३० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।