सिमकोटमा ४ दिनदेखि विद्युत् सेवा अवरुद्ध

कात्तिक २१, हुम्ला ।
हुम्लाको सिमकोट गाउँपालिका–७ को एक सय ५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ ।

हिल्सा–सिमकोट सडकखण्डको चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी एक सय ५० घरधुरी अन्धकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए । अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उनले बताए ।

ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । (रासस)