कात्तिक, २१ काठमाडौं । नेपाल कम्युनिष्ट पाटीं (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक रुपमा सचिवालय बैठक बोलाएका छन् ।
दाहालले दिउँसो तीन बजेका लागि बैठक बोलाएको नेकपाका प्रवक्ता नायणकाजी श्रेष्ठले बताएका छन् । अनौपचारिक रुपमा बोलाइएको बैठकका पार्टीभित्र बढीरहेको विवादका विषयमा छलफल हुने उनले जानकारी दिए ।
हिजो अर्का अध्यक्षसँगका छलफलमा केही निष्कर्ष निस्किएको थिएन् ।
दुई अध्यक्ष हरुबीच आ–आफ्नै अडान छ । प्रचण्डले पार्टी भित्र देखिएको समस्या समाधान गर्न सचिवालय बैठक बोलाएर छलफल गर्ने अडान छन् तर ओलीले भने एजेण्डाबिनाको सचिवालय बैठक नबोलाउने अडानमा छन्







