सानु शिवाको ठाउँमा जानकीदेवी राम सांसद बन्ने

कात्तिक, २१ काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको स्थानमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सिराहाकी जानकीदेवी रामलाई सांसद बनाउने भएको छ ।

इलामकी सानु शिवाको गत असोज २८ गते निधन भएको थियो । शिवाको निधन भएपछि रिक्त रहेको स्थानमा जानकीदेवी राम सांसद बन्ने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

शिवा महिला दलित कलस्टरबाट सांसद भएकी थिइन् । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा शिवाको पछि धनकुमारी सुनारको नाम छ । तर, धनकुमारी सुनाले नेकपा परित्याग गरिसकेकी छन् । धनकुमारीले पार्टी परित्याग गरेका कारण जानकीदेवी सांसद बन्ने भएकी हुन् ।

जानकीदेवीलाई पाण्डे सांसद हुन भने केही समय लाग्छ । संसद सचिवालयले पद रिक्त रहेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले प्रक्रिया अगाडि बढाउँछ ।