कात्तिक, २१ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार थप २९०९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ५०० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २५४ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ ।







