कात्तिक २२, काठमाडौं ।
हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अमेरिकाको फिलाडेल्फियाबाट उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतदान केन्द्रमा उनले हतियारसहित आक्रमण गर्न खोजेको प्रहरीको भनाइ छ ।
न्युयोर्क पोस्टका अनुसार स्थानीय समयानुसार बिहीबार राति ती व्यक्तिलाई पक्राउ गरिएको हो । उनका साथ हातहतियारसमेत बरामद भएको छ ।
यद्यपि प्रहरीले ती व्यक्तिको नाम र अन्य जानकारी खुलाएको छैछ ।







