कात्तिक २२, काठमाडौं ।
अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।
उनले गरेका केही ट्वीटहरु ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै आक्रोशित बनेका छन् । उनले ट्वीटर आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्ने दाबी गरेका हुन् ।
उनले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेका छन् । यसै विवादसँग सम्बन्धित कतिपय उनले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ ।
उनले हाल मतगणना जारी रहेका राज्यमा मत गणना गर्न रोक्नुपर्ने बताएका हुन् । यहाँ धेरै अवैध मतदान भएको भन्दै उनले मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए । (एजेन्सी)







